१० बैशाख २०८२, बुधबार | April 23, 2025

बुटवलमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै



बुटवल। बुटवल उपमहानगरपालिकाका नगरबासीले वडाबाटै राष्ट्रिय परिचय पत्र (नागरिकता स्मार्ट कार्ड) पाउने भएका छन् । उपमहानगरले चैत २८ गतेदेखि वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण सुरु गर्ने भएपछि नगरबासीले वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र पाउने भएका हुन् ।

पहिलो चरणमा वडा नं. २, ३, ४, ५, ७, ८ र ९ का नागरिकलाई वडा कार्यालयमार्फत कार्ड वितरण गरिनेछ । कार्ड वितरणलाई व्यवस्थित बनाउन वडा अध्यक्ष, वडा सचिव र केन्द्रबाट आएका कर्मचारीहरूको सहभागितामा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सरकारले वडामै कार्ड वितरणको व्यवस्था गर्नु राम्रो कदम भएको बताए। “पहिले जिल्ला वा इलाका प्रशासन कार्यालय धाउनुपर्थ्यो, अब वडामै पाइने भएकाले सहज हुन्छ,” उनले भने।

उप(प्रमुख सावित्रा देवी अर्यालले वडाध्यक्ष, सचिव र टोल प्रतिनिधिको सहयोगमा कार्ड वितरणलाई सहज बनाइने प्रतिबद्धता ब्यक्त गरिन् ।

बुटवलका १९ वडामा जम्मा ४६,९८० वटा कार्ड वितरण गरिनेछ। सबैभन्दा धेरै वडा नं. ११ मा १२,०१७, त्यसपछि वडा नं. १३ मा ५,९८८, वडा नं. १२ मा ४,३१८, वडा नं. ७ मा ३,५६२, वडा नं. १४ मा २,६३५, वडा नं. ८ मा २,२५३, वडा नं. ९ र १७ मा समान १,९९३, वडा नं. १० मा १,४७९, वडा नं. १६ मा १,५१६, वडा नं. १८ मा १,५३६, वडा नं. १५ मा १,७३६ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिने छ ।

त्यसैगरि वडा नं. २ मा १,२४२, वडा नं. ३ मा १,०५०, वडा नं. ४ मा १,०७६, वडा नं. ५ मा ७३६, वडा नं. ६ मा ५७२ र वडा नं. १९ मा ९९८ कार्ड वितरण गरिने उपमहानगरले जनाएको छ । सबैभन्दा कम वडा नं. १ मा मात्र २८० कार्ड वितरण हुने जनाइएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ९ : १९ बजे

अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड सञ्चालन

नवलपरासी । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी

डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना

जम्मू-कश्मीर आक्रमण : एक नेपाली सहित २८ जनाको मृत्यु

पाहलगाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक

आईपीएल : लखनउलाई दिल्लीले आठ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर