बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट फुटबल प्रतियोगिता २०८१ मा एमएससी भारत विजयी भएको छ । एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा मंगलबार भएको अन्तिम क्वाटरफाईनलमा हेटौडा एफए मकवानपुरलाई १-० गोल अन्तरले पराजित गर्दै एमएससी भारत अन्तिम चारमा प्रवेश गरेको हो ।
एमएससी भारतले सेमीफाईनलमा ट्रिनेटि युवा क्लब, वालिङसंग दोस्रो सेमीफाईनल खेल्नेछ । सिद्घेश्वर खेल मैदानमा भएको खेलमा एमएससीको जितमा एकमात्र गोल ज्योति बल्ली गोल गरिन। खेलको ४४ औं मिनेटमा कर्नर प्रहारलाइ उनले हेडमार्फत जाली चुमाए । खेलमा एमएससीको रुक्मणी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । बुधबार पहिलो सेमीफाईनलमा आयोजक बिसपचहत्तर युवा क्लब र राईजिङ स्टार क्लब, कपिलबस्तुको बिचमा खेल हुने संयोजक बुद्घि बहादुर दर्जीले बताए ।
प्रतिक्रिया