२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

विश्व स्वास्थ्य दिवसको अवसरमा बुटवल हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रालिले रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रालिले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरु, अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टिनका कर्मचारीहरु, बिरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए । रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले अस्पतालहरुमा रगतको अभाव भैरहेको अवस्थामा रक्तदान कार्यक्रम गरिएको बताए ।

उनले रगतदान गरेमा अर्को एक जना बिरामीको ज्यान वच्न सक्छ भन्ने भावनाको बिकास गर्नका लागि पनि हस्पिटलले रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आएको बताए । एक सय शैया संचालनमा रहेको बुटवल हस्पिटल प्रा लिले रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपेरटेण्डेन डाक्टर कृष्ण प्रसाद खनालले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ८ : १२ बजे

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट