३० चैत्र २०८१, शनिबार | April 12, 2025

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान



बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा प्रकाशन र नयाँ शैक्षिक वर्ष २०८२ को भर्ना अभियान लगायतका गतिविधिहरू प्रभावित भएपछि स्थानीय सरकारले चिन्ता व्यक्त गर्न थालेका छन् । विद्यालयहरूको नतिजा प्रकाशन र नयाँ शैक्षिक वर्ष २०८२ को भर्ना अभियान लगायतका गतिविधिहरू प्रभावित भएपछि बुटवल उपमहानगरपालिकाले चिन्ता व्यक्त गरेको हो ।

चैत्र २० गतेदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा सुरु भएको आन्दोलनले देशभरका विद्यालय शिक्षालाई असहज बन्दै गएपछि बुटवल उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको जायज माग सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

उपमहानगरका प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगतमा नेपाल शिक्षक महासंघसँग भएका सम्झौताहरू कार्यान्वयन नहुनु, स्थायित्व, सेवा सुविधा र सरुवा–बढुवा जस्ता विषयमा सहमति बारम्बार उल्लंघन हुनुले अहिलेको आन्दोलन जन्मिएको उल्लेख गरिएको छ । बुटवल उपमहानगरले समस्याको दीर्घकालीन समाधानका लागि ऐनमा शिक्षकका सरोकारका विषय समावेश गरी ऐन जारी गर्न र उपयुक्त नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

शिक्षकको स्थायित्व, सेवा सुविधा र आत्मसम्मान कायम राख्न सक्ने नीति र वातावरण आवश्यक भएको उल्लेख छ, विज्ञप्तिमा लेखिएको छ, शिक्षकका मागहरूको उचित सम्बोधनले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीको पठनपाठनमा सुधार आउने विश्वास छ । ,ू

बुटवल उपमहानगरपालिकाले सरकारसँग गम्भीर पहलको माग गर्दै शिक्षक आन्दोलनलाई चाँडै तार्किक निष्कर्षमा पुर्‍याउन आग्रह समेत गरेको छ। उपमहानगरले समस्या समाधान गरी शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाइदिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : ०३ बजे

आजको मौसम : यी तीन प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो