३० चैत्र २०८१, शनिबार | April 12, 2025

धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताइका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन् । “धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला”, प्रधानमन्त्री ओलीले भने ।

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ४९ बजे

आजको मौसम : यी तीन प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो