३० चैत्र २०८१, शनिबार | April 12, 2025

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

रिसालको निधन भएको खबरले मर्माहत बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।  रिसालको ९७ वर्षको उमेरमा आइतबार राती निधन भएको थियो ।

ओलीले गत फागुन २१ गते रिसालसँग भएका भेट नै अन्तिम भेट हुन पुगेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार दिवङ्गत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले लेखेका छन ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : २५ बजे

आजको मौसम : यी तीन प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो