३० चैत्र २०८१, शनिबार | April 12, 2025

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४



भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरे पछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

अब कम्तिमा मुद्दा नटुंगिएसम्म उनी भैरहवास्थित जेलको ब्लक नम्बर ४ मा रहनेछन्, जहाँ उनी एक्लै जस्तै हुनेछन् ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार ब्लक नम्बर ४ मा छिर्नु अघि कम्तिमा १ घण्टासम्म लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरिएको थियो भने त्यसपछि मात्रै लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा पठाएको हो ।

‘उहाँको स्वास्थ्य अवस्था नर्मल नै देखिएको छ,’ उनले भने, ‘त्यसपछि उहाँलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं, अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवाको रूपमा रहनु हुनेछ।’ उनका अनुसार लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : २१ बजे

आजको मौसम : यी तीन प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो