२ बैशाख २०८२, मंगलबार | April 15, 2025

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया



बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने पक्का भएको छ । सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी नेतृत्वको उन्मुक्ति बिचमा एकीकरण हुने पक्का भएको हो ।

बैशाख १५ गते एक बिशेष समारोहका बिचमा एकीकरणको औपचारिक घोषणा गरिने जनमतका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।

उनका अनुसार एकीकरण पछी पार्टीको नाम नागरिक जनमत र चुनाव चिह्न ढकिया राख्ने पनि सहमति भएको छ । आइतबार अबेरसम्म बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो ।

खानका अनुसार पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहनेछन भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने पनि सहमति भएको छ ।

निर्वाचन क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ भने चितवनदेखि पश्चिमसम्म चौधरीलाई जिम्मेवारी दिइने भएको छ ।

पार्टी एकीकरणका लागि वैशाख ५ र ६ मा टीकापुरमा नाउपाको बैठक बस्ने तथा सो एक साता भित्रमा जनमतको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्ने गरी एकीकरणको तयारी तिब्र पारिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १० : ०७ बजे

त्रिविमा रेक्टरको जिम्मेवारी प्राडा दुवीनन्द ढकाललाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)को जिम्मेवारी प्राडा दुविनन्द ढकालले

आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता

काठमाडौं । विश्वभरका संसद्को सङ्गठन ‘अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतका

थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक

पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट

सहकारी समस्याबारे राष्ट्रपतिको चासो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो

China tells airlines to suspend Boeing jet deliveries

Beijing: China has told its airlines to stop taking deliveries