२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

पूर्व उपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित



काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा माओवादी केन्द्रको उपाध्यक्ष बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई एउटै निर्णयबाट केन्द्रीय सदस्य र स्थायी समिति सदस्य सहित उपाध्यक्षको जिम्मेवारी दिएको माओवादी स्रोतले जनाएको छ ।

उपराष्ट्रपतिको कार्यकाल समिए लगत्तै पासाङले राजनीतिमा आउन चाहेका थिए । यसअघि गत माघमै पासाङले पार्टी कार्यक्रममा सहभागी भएर राजनीतिमा औपचारिक रूपमा फर्किएको सन्देश दिएका थिए ।

पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राखे लगत्तै प्रचण्डले उनलाई उपाध्यक्ष बनाउन खोजेपनि पार्टी भित्र र बाहिरबाट सर्वत्र आलोचना भएपछि प्रचण्ड पछि हटेका थिए । उपराष्ट्रपतिबाट बिदा भएपछि कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पहिलोपटक सहभागी भएका उनी त्यसयता माओवादीको केन्द्रीय तहका हरेक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए ।

गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका पासाङका बिषयमा बैठकमा पार्टीमा जिम्मेवारी दिनेबारे धेरैजसो केन्द्रीय सदस्यहरूले असहमति जाहेर गरेका थिए ।

२०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका उनी २०७९ को निर्वाचनपछि भने उपराष्ट्रपति पदबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : ३७ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको