१ बैशाख २०८२, सोमबार | April 14, 2025

रास्वपाको जनयात्रा सुरु



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुईमहिने ‘जनयात्रा’ कार्यक्रम सुरु गरेको छ । आज चितवनमा आयोजित कार्यक्रममा रास्वपा उपसभापति स्वर्णीम वाग्लेले जनयात्रा शुभारम्भ गरेका हुन् ।

उपसभापति वाग्लेले जनभावना बुझ्नका लागि सुरु गएिको कार्यक्रममा देशका ७७ जिल्लामा सञ्चालन हुने बताए । यस अभियानबाट आफूहरूले जनताले व्यवस्था परिवर्तन चाहेका हुन वा अवस्था भने बुझ्ने बताए । जनताले व्यवस्था नभई अवस्था परिवर्तन चाहेको आफूहरूको बुझाइ रहेको भन्दै उपसभापति वाग्लले पुराना दलहरूले अहिलेको व्यवस्थामा पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको आरोप लगाए ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जनताको अवस्था र चाहना बुझ्न तय गरिएको कार्यक्रम सभापति रवि लामिछाने पक्राउ पर्दा नरोकिने बताए । चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल, केन्द्रीय सदस्यहरू राजन गौतम, ध्रुव गिरी, सविना विकलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १० : १४ बजे

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक

बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल