१ बैशाख २०८२, सोमबार | April 14, 2025

आईपीएल : चेन्नईलाई २५ रनले हराउँदै दिल्लीको लगातार तेस्रो जित



काठमाडौं । दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले चेन्नईमाथि २५ रनको जित हात पारेको हो । दिल्लीले सन् २०१० पछि चेन्नईलाई उसकै घरेलु मैदानमा हराएको हो ।

चेन्नईको यस सिजन घरमा यो लगातार दोस्रो हार हो । दिल्लीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो ।

चेन्नईका लागि विजय शंकरले ५४ बलमा ५ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले । शिभम दुवे १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १८ रनमा आउट भए । डेभोन कन्वे १३, रचिन रविन्द्र ३, कप्तान ऋतुराज गायकवाड ५ तथा रविन्द्र जडेजा २ रनमा आउट भए ।

छैठौं विकेटका लागि महेन्द्रसिंह धोनी र शंकरले ८४ रनको नट आउट साझेदारी गरे । धोनीले २६ बलमा १ चौका र १ छक्काको सहयोगमा ३० रनमा नट आउट रहे । दिल्लीका लागि भिपराज निगमले २ तथा मिचेल स्टार्क, मुकेश कुमार र कुलदिप यादवले समान १ विकेट लिए ।

त्यसअघि चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार गरेको थियो ।

दिल्लीका लागि ओपनर केएल राहुलले ५१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । दिल्लीले रनको खाता नखोल्दै पहिलो ओभरमा नै ओपनर जेक फ्रेजर मगर्कलाई गुमाएको थियो । दोस्रो विकेटका लागि राहुल र अभिषेक पोरेलले ५४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याएका थिए ।

पोरेलले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा ३३ रन जोडेका थिए । तेस्रो विकेटका लागि कप्तान अक्षर पटेलले राहुलसँग मिलेर ३६ रनको साझेदारी गरेका थिए । कप्तान पटेल १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २१ रनमा आउट भएका थिए ।

चौथो विकेटका लागि समिर रिज्भीले राहुलसँग मिलेर ५६ रनको साझेदारी गरेका थिए । रिज्भीले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडेका थिए । पाँचौ विकेटका लागि ट्रिस्टन स्टब्सले राहुलसँग मिलेर ३३ रनको साझेदारी गरेका थिए । स्टब्स १२ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रनमा अविजित रहेका थिए ।

चेन्नईका लागि खलिल अहमदले २ तथा मथिशा पथिराना, रविन्द्र जडेजा र नुर अहमदले समान १ विकेट आफ्नो नाममा गरेका थिए । दिल्लीले ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको दिल्लीले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो ।

उता, चौथो खेल खेलेको ५ पटकको च्याम्पियन चेन्नईको २ अंकका साथ आठौं स्थानमा रहेको छ । चेन्नईले सिजनको पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । त्यसपछिका दुई खेलमा भने चेन्नई पराजित भएको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग र तेस्रो खेलमा राजस्थान रोयल्ससँग चेन्नई पराजित भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ४४ बजे

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक

बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल