२५ चैत्र २०८१, सोमबार | April 8, 2025

बालविवाह न्युनिकरणकालागि ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा



नेपालगन्ज । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न बर्दियामा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा गरिएको छ । थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको समन्वयमा बर्दियाको गुलरीयामा आयोजना गरेको बालबिवाह न्युनिकरणकालागि बरघरहरुको भुमिका बिषयक अन्तरक्रिया पछि ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको हो ।

कार्यक्रमको समापनमा आयोगले घोषणा गरेको प्रतिवद्धताहरुमा बालबिवाहलाई कुनै पनि हालतमा स्वीकार नगर्ने, बालबिवाह बिरुद्ध ब्यापक जनचेतना अभिबृद्धी गर्ने, बालबिवाह बिरुद्धका नीती, नियमहरुलाई कार्यन्वयन गर्न सम्बन्धित निकायमा पैरवी गर्ने र बालबिवाह न्युनिकरणको बिषय बरघर ऐनमा समाबेश गरी बरघरलाई अधिकार तथा श्रोत साधन सम्पन्न बनाउन पहल गर्ने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले जानकारी दिए ।

सोही प्रकारले बरघरहरुले एकजुट भई बालबिवाह बिरुद्ध बिभिन्न अभियान तथा कार्यक्रम संचालन गर्ने, बिवाहको उमेर २० बर्ष नै कायम राख्नकालागि निरन्तर वकालत गर्ने प्रतिबद्धता पनि सो अवसरमा घोषणा गरिएको अध्यक्ष तुलाधरले बताए । उनले बर्दियामा बालबिवाहको अबस्था, यसका कारणहरु तथा न्युनिकरणमा गर्नु पर्ने कार्यहरुका बारेमा बृहत्त छलफल गरी यसका लागि बरघरहरुलाई जिम्मेवार बनाउने उध्येश्यका साथ सो कार्यक्रम सम्पन्न भएको जनाए ।

कार्यक्रमको अध्यक्षता गर्दै थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारुले बालबिवाह न्युनिकरणकालागि आबश्यक योजना, नीती निर्माण र बजेट बिनियोजन गराउन संघीय, प्रदेश र स्थानीय सरकारसँग थारु आयोगले निरन्तर पैरवी गर्ने बिश्वास दिलाए । उनले यसका लागि सबैभन्दा उत्तम पात्र बरघरहरुनै रहेको जनाउँदै बरघरहरुको सक्रिय भूमिका भएमा बालविवाहलाई पूर्ण रुपमा रोक्न सकिने स्पष्ट पारे ।

लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले बालबिवाह न्युनिकरणका लागि आबश्यक निती निर्माण र बजेट ब्यबस्थापनमा प्रदेश सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन हरसंभव प्रयास गरिने बताए ।

थारु आयोगका सदस्य भोलाराम चौधरीले समग्रमा बालबिवाहको अबस्था र बालबिवाह न्युनिकरणमा बरघरहरुको भुमिकाका बिषयमा प्रस्तुतीकरण गर्दै सबैको सामुहिक प्रयासबाट यो समस्या समाधान हुने बताए ।

कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका नीती तथा पैरवी ब्यबस्थापक ईरशाद अन्सारीले प्लानले बिगतदेखि नै बर्दियामा साझेदार संस्थामार्फत बालबिवाह न्युनिकरणमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सो कार्यका लागि बरघरहरुको भुमिकालाई बिशेष बनाउने बताए ।

सो अन्तरक्रियामा बारबर्दिया नगरपालिकाका मेयर छबिलाला थारु, मधुवन ४ का वडा अध्यक्ष बलीराम चौधरी, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्धिकी, बरिष्ठ उपाध्यक्ष पंचम गुरुङ्ग, बित्त तथा प्रशासन ब्यबस्थापक बेद प्रकाश पंगाली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, थारु कल्याणकारी सभाका महामन्त्री मिनराज चौधरी, जिल्ला संयोजक बिर बहादुर चौधरी, प्लान ईन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत निर्मला महत लगायतको पनि सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बर्दिया जिल्लामा बालबिवाहको अबस्था, बालबिवाहका कारण, जिल्लामा यसको न्युनीकरणका लागि भए÷गरेका प्रयासहरु र बालबिवाह न्युनिकरणकालागि बरघरहरुको भुमिकाको बिषयमा प्रस्तुतीकरण गरेका थिए । उनको प्रस्तुतीकरणमा बर्दिया जिल्लामा बालबिवाहको अबस्था पाँच वर्ष अघि ४६५ रहेकोमा र हाल घटेर २१५ मा झरेको जानकारी गराईएको थियो ।

खुला छलफलमा सहभागीहरुले बिगतको तुलनामा बालबिवाहको दर घटेको र यसमा स्थानीय सरकार, बिभिन्न संघ, संस्थाहरु र बरघरहरुको उल्लेखनीय भुमिका रहेको बताएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : ०७ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग