२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शिर्ष स्थानमा, उच्च सावधानी अपनाउन आग्रह



काठमाडौं । काठमाडौं उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ । शनिबार बिहान साढे ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौं शीर्ष स्थानमा रहेको हो ।

काठमाडौंको एक्यूआई २२८ रहेको छ । यसलाई निकै अस्वस्थकर मानिन्छ । अहिले हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७.२ गुणा बढी रहेको छ । यस्तो अवस्थामा बाहिर व्यायाम नगर्न, घर र कार्यालयको झ्यालहरु बन्द गर्न, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र एयर प्युरिफायरको प्रयोग गर्न सुझाव दिइएको छ ।

यो सूचीमा भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ भने पाकिस्तानको लाहोर तेस्रो स्थानमा छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः चीनको वुहान, कुवेतको कुवेत सिटी, भारतको मुम्बई, भियतनामको हानोई, थाइल्याण्डको चाङ माई, बंगलादेशको ढाका र चीनको छोङकिङ सहर रहेका छन् ।

जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गर्दै आएको छ । यस अघि स्वास्थ्य मन्त्रालयले पनि प्रदूषित वायुको असरबाट बच्चको लागि उच्च सावधानी अपनाउन अपिल गरेको थियो । उपत्यकामा विशेष गरी बिहानको समयमा वायुको मात्रा एकदमै हानीकारक भएकाले सकेसम्म घरबाट बाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ११ : ५६ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको