२५ चैत्र २०८१, सोमबार | April 8, 2025

बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता सुरु, स्टार क्रिकेट र इलिट जे आरको विजयी सुरुवात



बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । १४ वर्ष मुनिका खेलाडीहरुको प्रतिभालाई बाहिर निकाल्न र खेल प्रतिको मोहलाई उजागरण गर्न क्रिकेट प्रतियोगिता सुरु भएको हो । वस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

बुटवलको नरैनापुर क्रिकेट मैदानमा संचालन भएको प्रतियोगितामा आज दुई खेल सम्पन्न भएको छ । पहिलो खेलमा स्टार क्रिकेट एकेडेमी र लुम्बिनी बोर्डिङ स्कुल आमने सामने भएका थिए । प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी १०९ रनले विजयी भएको छ । त्यस्तै आजै भएको दोस्रो खेल इलिट जे आर क्रिकेट एकेडेमी र प्यारामाउन्ट स्कुल बिच भएको खेलमा इलिट जे आर विकेटले विजयी भएको छ ।

प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले बुटवलमा हरेक दिन केही न केही खेलकुद गतिविधि भइरहेको उल्लेख गर्दै बुटवललाई खेलकुदको हब बनाउने अभियानमा आफूहरू निरन्तर लागिपरेको बताए । साथै, बुटवलमा आगामी बैशाख महिनामा अन्डर १६ क्रिकेट र भलिबल प्रतियोगिता आयोजना गरिने जानकारी पनि उनले दिएका छन् ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, हैदरावादी दम बिर्यानीका सञ्चालक जनक खड्का, स्टार क्रिकेट एकेडेमीका सञ्चालक कविता गौचन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वस्टर्न क्रिकेट एकेडेमीका सचिव भुवन अधिकारीले गरेका थिए ।

विभिन्न १२ वटा समूह सहभागी यस प्रतियोगितामा दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाई समूहको शिर्ष टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने पाण्डेले जानकारी दिए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।

 

 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : ५२ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग