२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

‘सडकमै खाऔ, सडकमै रमाऔं’ भन्ने नाराका साथ नेपाली नयाँ वर्षमा बुटवलमा सडक खाना महोत्सव हुने



बुटवल । नेपाली नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै बुटवलमा सडक खाना महोत्सवको आयोजना हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबन) रुपन्देहीको आयोजनामा चैत्र ३० गतेदेखि ३ दिनसम्म सञ्चालन हुने महोत्सवमा लाइभ म्युजिकसहित विभिन्न खानाका परिकारहरु रहने संस्थाकम अध्यक्ष प्रशान्त कोइरालाले जानकारी दिए ।

महोत्सव बारे जानकारी गराउन शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोइरालाले नेपाली नयाँ वर्षको महत्वलाई जोड दिनेगरी कार्यक्रमको परिकल्पना गरिएको बताए । बुटवलको कालिका पथमा तीन कुने चोकदेखि शिवालय मन्दिरसम्म स्टल राखेर आयोजना गरिने महोत्सवमा ५० बढी स्टल रहने अध्यक्ष कोइरालाले बताए ।

‘सडकमै खाऔ, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सवमा तिर्सना गुरुङ, चक्र एणड अमात्य, प्रतीक्षा एण्ड टमको साँगेतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । विशेष गरि युवा पुस्तालाई लक्षित गरि आयोजना गरिने महोत्सवमा खानाका परिकार बाहेक अन्य उत्पादनका स्टल पनि सहभागी हुने बताइएको छ ।

५ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सव सम्पन्न गर्नका लागि २५ लाख खर्च अनुमान गरिएको उपाध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए । महोत्सवमा सुरक्षा व्यवस्थाका लागि संस्थाका सदस्य तथा स्वयम् सेवकहरु, ३० जना बढी निजी सेक्युरिटी फोर्स तथा नेपाल प्रहरीसहितका सरकारी सुरक्षा निकायहरुसँग आवश्यक समन्वय गरिएको उनले जानकारी दिए ।

महोत्सवको समयमा सवारी आवागमनलाई समेत असर ध्यानमा राखी दिनभर सडक खुला राखिने र रातको समयमा मात्रै सवारीका साधनलाई निषेध गरिने आयोजकको तयारी छ । महोत्सवलाई व्यवस्थित बनाउन पार्किङ एरियाको खोजी गरिनुका साथै महोत्सव सकिएपछि सडकमा हुने फोहरलाई आयोजकलेनै व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : २० बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको