३० चैत्र २०८१, शनिबार | April 12, 2025

बैङ्ककमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता



बैङ्कक। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि भारत भ्रमणको निम्तो नआएको चर्चा चलिरहँदा उनीहरुबीच मुलुक बाहिर भने भेटवार्ता हुने गरेको छ ।

ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो भने अहिले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिए लगत्तै उनीहरुबीच दोस्रो भेटवार्ता भएको हो ।

देश बाहिर साइडलाईन भेटवार्ता भइरहेपनि उनीहरुबीच नेपाल वा भारतमा भने औपचारिक भेटवार्ता हुन सकेको छैन । दुवै पक्षका परराष्ट्रमन्त्री आरजु राणा र एस जयशंकरसहितको टोली पनि वार्तामा सहभागी भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ५२ बजे

चैत्र शुक्ल पूर्णिमा : हनुमानको जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

टाइमलाइन – यी प्रमुख घटना जुन वर्ष २०८१मा चर्चित बने

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली

सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद मोहन आचार्य

काठमाडौं । प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको

काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ