१ बैशाख २०८२, सोमबार | April 15, 2025

आईपीएल : कलकताको उत्कृष्ट कमब्याक, हैदरावाद ८० रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)का दुई अस्थिर टोलीबीच भएको खेलमा कलकता नाइट राइडर्सले फराकिलो अन्तरले सन राइसजर्स हैदरवादलाई हराएको छ ।

मुम्बई इइिडयन्ससँगको पछिल्लो खेलमा ब्याटिङ कमजोर भएपछि आलोचित बनेको कलकताले बिहीबार भएको खेलमा शानदार कमब्याक गर्दै हैदरावादलाई ८० रनले हराएको हो । २८६ रन प्रहार गर्दै आईपीएल २०२५ मा सनसनीपूर्ण सुरुवात गरेको हैदरावाद भने लगातार तेस्रो खेलमा पराजित भएको छ ।

चार दिन अघि मुम्बईसँग ११६ रनमा समेटिएको कलकताले हैदरावादसँगको खेलमा ६ विकेटको क्षतिमा २०० रन जोडेको थियो । कलकताका लागि उपकप्तान बैंकटेस ऐयारले २९ बलमा ६० रन जोडे । रिकु सिंह अविजित रहँदै १७ बलमा ३२ रन प्रहार गर्न सफल भए । यी दुई जमेपछि कलकताले अन्तिम ५ ओभरमा ७८ रन प्रहार गरेको थियो । यसअघि कप्तान अजान्का रहजने र अंगरिस रघुवंशीले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । रहानेले ३८ तथा रघुवंशीले ५० रन जोडे ।

जवाफमा पहिलो १३ रनमा नै तीन विकेट गुमाएको हैदरावाद १२० रनमा समेटिएको हो । गत सिजनको उपविजेता २ अंकसहित तालिकाको पुछारमा छ भने साबिक विजेता कलकता ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।

ट्रेभिस हेड लगातार दोस्रो खेलमा वैभव आरोहाको सामु सस्तोमा समेटिए । गत वर्षको आईपीएलको फाइनलमा पनि उनी सस्तैमा आउट भएका थिए । इसन किसन र अभिषेक शर्माले पनि २ रन भन्दा बढी जोड्न सकेनन् । शीर्षक्रमको खराव सुरुवातले गत सिजनको फाइनलको नै झझल्को दिएको थियो ।

९ रनमा तीन विकेट गुमाएको हैदरावादका लागि हेन्रिक क्लासेनले २१ बलमा ३३, शून्य रनमा जीवनदान पाएका कामिन्डु मेन्डिसले २० बलमा २७ तथा नितिस कुमार रेड्डीले १९ रन जोडे। हैदरावादले १६.४ ओभरमा सम्पूर्ण विकेट गुमायो ।

वैभव आरोहाले ४ ओभरमा २९ रन खर्चेर ३ तथा वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेल महँगो साबित हुँदै १.४ ओभरमा २ रन खर्चिँदै २ विकेट लिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : १४ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु