२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

२० लाखभन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले रु २० लाख ९२ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तीब्बत स्थायी वतन तथा सुजा–३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध, बस्ने २६ वर्षीया रिक्शे वाङमो रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “हिजो बुधबार १७ः३० बजेको समयमा महाबौद्धस्थित हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले वाङमो तथा निजको साथबाट रु २० लाख ९२ हजार नगद फेला पारी उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो ।”

पक्राउ परेका वाङमोलाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु भइरहेको प्रवक्ता बोहराले बताए । प्रहरीले निजको साथबाट रु एक हजार दरको नोट थान एक हजार एक सय ८३ जम्मा रु ११ लाख ८३ हजार पाँच सय दरको नोट थान एक, आठ सय १८ जम्मा रु नौ लाख नौ हजार तथा आइफोन कम्पनीको मोवाइल एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ९ : १२ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको