२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

विगतमा नेता कार्यकर्ताको घेराबन्दीमा परेर गल्ती गरियो : अध्यक्ष प्रचण्ड



नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान पुनः थालिएको बताएका छन् ।

अभियानअन्तर्गत माओवादी केन्द्र बाँकेले आज नेपालगन्जमा आयोजना गरेको नागरिक अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले विगतमा जनताको भावना बुझ्न नसकेकाले अहिले भूगोलमै पार्टी नेतृत्व खटिएको उल्लेख गरे ।

“विगतमा नेता कार्यकर्ताको घेराबन्दीमा परेर गल्ती गरियो, अब हामी नेता कार्यकर्ताको रिपोर्टमा भर पर्दैनौँ, सिधै जनताका कुरा सुन्न आएका छौँ”, उनले भने, “हामी सच्चिन तयार छौँ, सच्चिन्छौँ र जनतासँगको सम्बन्ध सुदृढ बनाउँछौँ ।”

हुलाकी राजमार्ग छेउछाउ सिमाना नजिक बस्ने नागरिकको अवस्था र भावना बुझ्न जनताको घरघरमा आफूहरु पुग्ने गरेको अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले भने, “जनताकै घरमा बसेर जनताका कुरा सुन्न चाहेका छौँ ।”

राजनीतिक दल र नेताको आचरणले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएका कारण प्रतिगमनले टाउको उठाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले योभन्दा परिस्थिति बिग्रिए मुलुकमा ठूलो दुर्घटना हुने भएकाले सबै गणतन्त्रवादी जिम्मेवार भएर लाग्न जरुरी भएको बताए ।

“राजावादीको चरित्र जे थियो त्यो चैत १५ गते देखियो । हामीले शालिन तरिकाले जवाफ दियौँ”, उनले भने, “प्रतिगमनविरुद्ध अभियान छेडेर प्रतीकार ग¥यौँ ।”

उनले बिगतमा संबिधान घोषणा नगरौं भन्ने शक्ति अहिले रावादी आन्दोलनको मलजलमा लागेको आरोप पनि लगाए । उनले विगतको सत्ता साझेदार दलभित्रैबाट संबिधान जारी नगर्ने प्रस्ताव आएको खुलासा गर्दै उनले तीनै शक्तिबाट अहिले दलहरुका बिरुद्ध जनमत तयार गर्न सहयोग भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले बिरेन्द्र सक्कली राजा भएको तर ज्ञानेन्द्र नक्कली राजा भएको जिकिर गरे । उनले राजामा जनता प्रतिको संबेदना, सामाजिक चरित्र र लचकता हुने तर्क गर्दै उनले ज्ञानेन्द्रमा त्यस्तो कुनै राजा हुने चरित्र नभएको बताए ।

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको नागरिक अन्तरसंवाद कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामी, पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र अब्दुल वाहिद मन्सुरी, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणी आचार्य, अधिकारकर्मी भोला महत, जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्मा, पत्रकारहरु जे पाण्डे, झलक गैरे, शरण कर्माचार्य लगायतले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले राजनीतिक दल र नेता सच्चिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्षत्रय नारायणकाजी श्रेष्ठ, अग्नीप्रसाद सापकोटा र कृष्णबहादुर महरा, महासचिव देव गुरुङल, माओवादी नेतृ पम्फा भुसाललगायत केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ६ : ४७ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको