२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

पहिलो खेलमा अफगानिस्तानसँग नेपाल पराजित



काठमाडौं । अफगानिस्तानसँग नेपाल पराजित भएको छ । नेपाली युवा टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान यु-१९ टोलीसँग १३० रनले पराजय भएको हो ।

यस जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । बिहीबार मुलपानी किकेट मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६।२ ओभरमा १७० रन मात्र बनाउन सफल भएको थियो ।

नेपालका लागि निरजकुमार यादवले ६१ बलमा ४ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरेका थिए भने सन्तोष यादव र अशोक धामीले समान २४, अभिषेक तिवारीले १७, कप्तान नरेन भट्टले १३ र सिब्रिन श्रेष्ठले ११ रनमात्रै बनाउन सफल भए ।

अफगानिस्तका लागि वाहिदउल्लाह जाद्रन, जियातउल्लाह शहिन र कप्तान महबुब खानले समान दुई तथा अब्दुल अजिज खान र नोरिस्तानी ओमरजाईले समान एक विकेट लिएर नेपाललाइ पहिलो खेलमा पराजित गरे ।

त्यस अघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभमा ९ विकेट गुमाउँदै ३०० रनको योगफल तयार पारेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ५ : १३ बजे

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट