२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता



बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा यहाँ रहनुभएका प्रधानमन्त्री ओलीले श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियासँग भेटवार्ता गरेका हुन् ।

बिम्स्टेकसहित सार्क राष्ट्रका सदस्य रहेका दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोलगायत विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ अधिकारीहरू सहभागी थिए ।

थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा आयोजित कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओलीको बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन आएका सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँगको ‘साइडलाइन’ भेटवार्तासहित अन्य छलफल तथा भेटघाटमा व्यस्त हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ३ : ४८ बजे

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट