२३ चैत्र २०८१, शनिबार | April 5, 2025

सांसद बोहराको निधनप्रति राप्रपाले तीन दिन शोक मनाउने



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ ।

आज पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बसेको बैठकले वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य बोहराको निधनप्रति गहिरो दुःख व्यक्तसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “वरिष्ठ नेता बोहराको निधनपश्चात आज बैठक बसीशोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटिगत कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने तथा तीन दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको हो ।”

बैठकमा वरिष्ठ नेता बोहराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको तथा राप्रपा निर्माणमा उनको योगदान सदैव स्मरण गरिने र पार्टीले शोकाकूल परिवारमा समवेदना प्रकट गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

यसैगरी वरिष्ठ नेता बोहराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि चैत २० गते बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने र स्व बोहराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १० : ३० बजे

नयाँ वर्षमा नवलपुरको होटल पौवामा विशेष सांगीतिक कार्यक्रम र स्वाद उत्सवको आयोजना हुने

नवलपुर । नेपाली चाडपर्वहरूलाई विशेष बनाउँदै आएको नवलपुरको गैडाकोट–१२, हर्कपुरस्थित

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र

बालविवाह न्युनिकरणकालागि ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

नेपालगन्ज । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न बर्दियामा ६ बुँदे

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

ललितपुर । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शिर्ष स्थानमा, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष