२३ चैत्र २०८१, शनिबार | April 5, 2025

ट्र्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु, चालक गम्भीर



पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी १५ वर्षीय एक किशोरको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा परी जलजला गाउँपालिका–५ गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो भने ट्र्याक्टर चालक सोही स्थानका २० वर्षीय अनिल रेग्मीको अवस्था गम्भीर रहेको छ ।

लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग१त २२६० नम्बरको खाली ट्र्याक्टर सडकदेखि एक सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । घाइते रेग्मीलाई थप उपचारका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।

घटनाका बारेमा वारीबेनी प्रहरी चौकीबाट पुगेको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको सापकोटाले बताए । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १० : ०१ बजे

नयाँ वर्षमा नवलपुरको होटल पौवामा विशेष सांगीतिक कार्यक्रम र स्वाद उत्सवको आयोजना हुने

नवलपुर । नेपाली चाडपर्वहरूलाई विशेष बनाउँदै आएको नवलपुरको गैडाकोट–१२, हर्कपुरस्थित

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र

बालविवाह न्युनिकरणकालागि ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

नेपालगन्ज । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न बर्दियामा ६ बुँदे

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

ललितपुर । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शिर्ष स्थानमा, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष