२३ चैत्र २०८१, शनिबार | April 5, 2025

प्रधानमन्त्री ओली थाइल्यान्डमा, उपप्रधानमन्त्रीले गरे स्वागत



बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६:१५ बजे बैंकक पुगेका हुन ।

थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा उनी आज थाइल्यान्डको राजधानी बैंकक पुगेका हुन् ।

उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती  र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए ।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ६ : ४३ बजे

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र

बालविवाह न्युनिकरणकालागि ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

नेपालगन्ज । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न बर्दियामा ६ बुँदे

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

ललितपुर । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शिर्ष स्थानमा, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष

बिदाका कारण सोमवारसम्म रविलाई प्रहरी हिरासतमै राखिने

भैरहवा । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र