नेपालगन्ज । रमजानको २९ औं दिनमा आज साँझ चाँद (चन्द्रमा) देखिएसँगै भोलि सोमबार इस्लाम धर्मालम्बिीहरुको मुख्य पर्व ईद यल फित्र सुनिश्चित भएको छ ।
आइतबार साँझ नेपालगन्जको आकाशबाट चन्द्रमा देखिएसँगै ईद उल फितर पर्व मनाउने सुनिश्चित भएको हो ।
मुस्लिम परम्परा अनुसार चन्द्रमा साँझ देखिएपछि त्यसको भोलिपल्ट इद उल फितर सुनिश्चित हुने गर्दछ । सोमबार, मार्च ३१ तारिखका दिन इद मनाइने निश्चित भएसँगै मुस्लिम बाहुल्य नेपालगन्जमा चहलपहल बढेको छ ।
भोलि सार्वजजिक बिदा
मुस्लिम समुदायको मुख्य पर्व इद उल फितरको अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाका आधारमा इस्लाम धर्मालम्बिहरुको पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय भएको संघीय सरकारको गृहमन्त्रालयको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया