२० चैत्र २०८१, बुधबार | April 2, 2025

प्रतिपक्षले संसद अवरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनुभएन : रघुजी पन्त



काठमाडौं । प्रतिपक्ष दलले संसद बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ ।

आज पनि प्रतिपक्षले संसद अबरोध गरे पछि गृहमन्त्री रमेश लेखकले १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे संसदलाई जानकारी दिन नसकिएको बताएका हुन् ।

‘संसद चल्न दिईएन, नत्र गृह मन्त्रीज्यूले आज १५ गते भएको हिंसात्मक प्रदर्शनको जानकारी दिनु हुन्थ्यो’ एमााले सांसद रघुजी पन्तले भने । उनका अनुसार प्रतिपक्षले आज पनि संसद अबरूद्द गरे पछि गृहमन्त्री लेखक बानेश्वरस्थित संसद भवन आउन नसकेको बताए।

विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गर्ने सरकारको निर्णय प्रति असहमति जनाउँदै गत बुधवारदेखि प्रतिपक्ष दलले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेर निरन्त्त संसद अबरोध गरिरहेका छन्। तर, प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्दैछन्।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  २ : ३८ बजे

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौ्र । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा

प्रेस सेन्टर नेपाल : लोकतान्त्रिक अभ्यास, नयाँ नेतृत्व र आगामी कार्यदिशा

प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन २०८१ चैत्र १६ र १७

अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य

काठमाडौं। अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम