काठमाडौं । प्रतिनिधिसभा बैठकमा संचालनमा आज पनि अवरोध भएको छ ।
बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका छन् । प्रतिपक्षका सांसदहरुले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् ।
त्यसलगत्तै सत्तापक्षका सांसदहरु पनि उठेर बैठक संचालन हुनुपर्ने भन्दै प्रतिपक्षको प्रतिवाद गरे । त्यसपछि बैठक १५ मिनेका लागि स्थगित भएको छ ।
प्रतिक्रिया