२० चैत्र २०८१, बुधबार | April 2, 2025

२३ औं तिलोत्तमा गोल्डकपको उपाधि चर्च ब्याईज युनाईटेडले चुम्यो



बुटवल । २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन विजेता चर्च ब्याईज युनाईटेडले चुमेको छ । शनिबार सम्पन्न फाईनलमा विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

प्रतियोगिताको उपाधिसंगै चचृ ब्याईज नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता एपीएफ भने नगद ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया, कप, मेडल, प्रमााणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा चर्च ब्याईजका अमन लामा म्यान अफ दी सिरिज घोषित हुदै स्कुटी प्राप्त गरे । यसगरि चर्च ब्याईजका बिबस चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्याईजकै रिचार्ड विलसन उत्कृष्ट फरवार्ड, एपीएफका स्यामोल सुनार उत्कृष्ट मिडफिल्ड, एपीएफका मान बहादुर राना उत्कृष्ट डिफेन्डर तथा चर्च ब्याईजका आशिक थापामगर उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ३१ हजार रुपैयाबाट पुरस्कृत गरिएको छ ।

देविनगरस्थित एन्फा फुटबल एकेडेमी खेलमैदानमा भएको निक्कै रोमान्चक खेलमा चर्च ब्याईजको जितमा रिचार्ड र राज भुषालले गोल गरे । खेलको १९ मिनेटमा चर्चले अग्रता लियो । राज भुषालले पासलाई रिचार्ड विलसनले हेडमार्फत जाली चुमाए । लगत्तै एपीएफका क्याप्टेन हरि कार्कीको प्रहार आकासियो । धेरै गोलका अवसर गुमाउदा एपीएफ खेलमा हार ब्यर्होनुपर्यो । चर्चका रिचार्ड विलसनको प्रहार एपीएफका गोलकिपर विशाल गुरुङले रोकिदिए। बाउन्स बलमा फितलो प्रहार भयो । दोस्रो हाफको शुरुवातमै चर्चबाट आधा दर्जन बढि प्रहार भयो । राज भुषालले विपक्षी टिमका दुई जना डिफेन्डरलाई छकाएर डिबक्सबाट गरेको प्रहार किपरको हातमा गयो । लगत्तै पाएको अर्को हेड बाहिरियो ।
खेलको ६६ मिनेटमा राज भुषालले जाली चुमाए । डिबक्स बाहिर भुषाललाई लडाएपछि पाएको फ्रिकिक प्रहार अमन लामाले गरे । उनको कडा प्रहार एपीएफको गोलकिपर बिशाल गुरुङको हातबाट फुत्किएदा गोलको अवसर बन्यो । रिवाउण्ड बललाई दोस्रो अवसरमा उनले गोलमा परिणत गरे । चर्चका राज भुषाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव तिरण गौतम, एन्फाका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी, यशोदा फुड्स प्रालिका डाईरेक्टर नितेश मालपानी, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन लगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

यो वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : ४३ बजे

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौ्र । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा

प्रेस सेन्टर नेपाल : लोकतान्त्रिक अभ्यास, नयाँ नेतृत्व र आगामी कार्यदिशा

प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन २०८१ चैत्र १६ र १७

अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य

काठमाडौं। अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम