नेपालगन्ज । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार सुरेश रजकप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले श्रद्धान्जली अर्पण गरेको छ । नेपालगन्जमा शनिबार श्रद्धाञ्जली सभा गर्दै रजक प्रति श्रद्धान्जली अर्पण गरेको हो ।
महासंघले नेपालगन्जको बिपी चोकमा आयोजना गरेको श्रद्धान्जली सहितको विरोधसभामा बाल्ने वक्ताहरुले लोकतन्त्रको बिकल्प लोकतन्त्र बाहेक अरु केही हुन नसक्ने बताए । उनीहरुले पत्रकारलाई निशाना बनाएर गरिएको राजावादीहरुको हिंाित्मक आन्दोलनको निन्दा गरे ।
विरोधसभामा उपपिस्थत पत्रकार तथा आमन्त्रितहरुले पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै स्वर्गीय रजकको सम्झनामा १ मिनट मौनधारण गरे ।
बिरोध प्रर्दशनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष लियाकत अली प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डागी, नेपाल प्रेस युनियनका बाँकेका अध्यक्ष प्रियास्मृति ढकाललगायतले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले मृतक पत्रकार रजकलाई न्याय दिलाउन र उनका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गदै महासङ्घ सहित पत्रकारका संगठनहरू निरन्तर लाग्ने प्रतिबद्धता प्रतिबद्धता ब्यक्त गरेको थिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता भएको विरोध प्रदर्शनमा बाँके जिल्लामा क्रियाशिल पत्रकारहरूको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया