काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। बुढानिलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४ः३० बजे बस्नेगरी बोलाएका हुन्।
सो बैठकमा तीनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शन तथा समसमायिक राजनीतिक बिषयमा छलफल हुने जनाइएको छ ।
उता तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले पनि आकस्मिक केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।
समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले केन्द्रिय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।
गैरीगाउँ तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी, आलोकनगरलगायतमा राजावादीहरूले गरेको प्रदर्शन हिंस्रक बन्न जाँदा एकजना पत्रकारसहित २ जनाको ज्यान गुमे पछि राप्रपाले आकस्मिक रूपमा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको पार्टीले जनाएको छ ।
प्रतिक्रिया