काठमाडौं । सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए) ले पहिलोपटक दीक्षान्त समारोह (CCA Graduation-2025) आयोजना गरेको छ ।
एसीसीएमा स्नातक विद्यार्थीहरुका लागि सीसीएले दीक्षान्त समारोह सम्पन्न गरेको हो ।
दुसित प्रिन्सेस होटलमा आयोजित दीक्षान्त समारोहका प्रमुख अतिथी पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले स्नातक विद्यार्थीहरुलाई उनीहरूको यात्रा र शैक्षिक उत्कृष्टताको शुभकामना दिँदै प्रमाणपत्रले सम्मान गरे ।
त्यसअवसरमा एसीसीएका लागि दक्षिण एसिया प्रमुख निलुषा रणसिंघे र नेपाल प्रमुख रबिन कटुवालले एसीसीएको विश्वव्यापी मान्यताबारे सम्बोधन गरेका थिए । त्यस्तै, एसीसीए सम्बद्ध र सदस्यहरू मनिषा गुप्ता, विश्व राज तिम्सिना, सुमित अधिकारी, र टङ्क कार्कीले आफ्ना अनुभवहरू साझा गरे ।
काठमाडौंको थापागाउँमा रहेको सीसीए नेपालमा एसीसीए अध्यापन गराउने सबैभन्दा ठूलो कलेज हो ।
प्रतिक्रिया