काठमाडौं । समाजवादी मोर्चाका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन् ।
राजतन्त्र पुनःस्थापनको माग राखेर प्रदर्शनमा उत्रिएको राजावादी समूहले हिजो आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको थियो ।
आगजनीबाट कैयौं महत्वपूर्ण दस्तावेज, पुस्तक र कागजपत्र जलेको सो पार्टीले जनाएको छ ।
पार्टी कार्यालय निरीक्षणपश्चात मोर्चाको बैठकमा सहभागी भएका छन् ।
प्रतिक्रिया