१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

म्यानमारमा ७.७ म्याग्निच्यूडको भूकम्प : १४४ बढीको मृत्यु, सयौं बेपत्ता



काठमाडौं । म्यानमारमा शुक्रबार गएको ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्पका कारण अहिलेसम्म ज्यान जानेको सङ्ख्या १४४ पुगेको छ । सयौं बेपत्ता छन् भने हजारौं सर्वसाधारण सडकमा अलपत्र परेका छन् । अहिले उद्धार कार्य जारी छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लगातार भूकम्पले भत्किएका घरबाट मानिसलाई बाहिर निकाल्ने काम भइरहेको छ ।

म्यानमारको भूकम्पको धक्का थाइल्यान्ड र चीनमा मात्र नभएर भारतमा महसुस गरिएको थियो। सबै भन्दा धेरै क्षति मान्डल्यका सहरमा भएको छ । भूकम्पपछि मानिसको भाग दौड मच्चिएको थियो। घर भत्किएपछि सडकमा हुनेहरू रोइरहेको दृश्य देखिएको छ ।

घर भत्किएर थिचिएकाले अस्पताल भरिएका छन् । धेरै जना हृदय घातको सिकार भएको जनाइएको छ । डेब्रिसको पहाडी क्षेत्रमा पनि दर्जनौँ मजदुर पुरिएका छन् ।

सङ्कटको समयमा एमनेस्टी इन्टरेनसले राहत वितरणको क्रममा राजनीतिकरण हुने त्रास व्यक्त गरेको छ । पूर्वी तथा दक्षिण पूर्वी एसिया प्याफिककी सह निर्देशकले सो आशङ्का व्यक्त गरेकी हुन् ।

यसैगरी युनिसेफले बालबालिकाको कठिन मानिएको म्यानमारमा यो भूकम्पका कारण थप समस्या उत्पन्न भएको जनाएको छ । युनिसेफको त्यो क्षेत्रका इमर्जेन्सी सल्लाहकार ट्रेभर क्लर्कले सो कुरा बताएका हुन् ।

बैंककको पछिल्लो समाचार अनुसार दुई हजार हजार जनाको अझ उद्धार बाँकी छ । उद्धार कार्यमा संलग्नलाई रातको समयमा ड्रोनबाट खाना वितरण गरिएपछि फ्लोड लाइट अभावका कारण धेरै स्थानमा खोजी कार्य कठिन भएको छ । एक महिलाले सडकमा नै बच्चालाई जन्म दिएकी छिन् । अस्पताल पुग्न नसकेपछि उनले अप्ठेरो अवस्थामा उपचार नपाएकी हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : ३९ बजे

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर