काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय बढाएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी कर्फ्यु आदेश भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि बढाइएको हो ।
उसअघि राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।
शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो ।
राजावादीहरुले गरेको आन्दोलनका क्रममा आज भएको घटनाको अनुसनधान गर्न भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ ।
प्रहरीले साँझ अबेर उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको पक्राउ सम्बन्धमा उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले पुष्टि गरे ।
आन्दोलनका क्रममा घाइते भएका कार्यकर्तालाई भेटेर फर्कने क्रममा दुवै जना प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया