१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

राजावादी आन्दोलनका क्रममा २ जनाको मृत्यु



काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

तीनकुनेस्थित चौरमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियानका नाममा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका(४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार झडपका क्रममा उनको छातीमा गोली लागेको थियो । गोली लागेपछि ढलेका उनलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि लगिएको थियो।

उनलाई त्यहाँका चिकित्सकले अपरान्ह ४ बजे मृत घोषणा गरेका थिए । अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गृहमा राखिएको प्रहरीले जनाएको छ।

यसअघि एभिन्युज टेलिभिजनका क्यामेरा पर्शन सुरेश रजकको राजावादीले गरेको आगजनीमा परेर मृत्यु भएको थियो । तीनकुने स्थित एक निजी घरको माथिल्लो तलाबाट आन्दोलनको भिडियो खिचिरहेका रजक रहेको घरमा आन्दोलनकारीले तलबाट आगजनी गरिदिएका थिए । आगोमा डढेको रजकको शवलाई एभिन्युज टेलिभिजनका अध्यक्ष एवं राजावादी आन्दोलनका समर्थक भास्करराज कर्णिकारले सनाखत गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ०९ बजे

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर