१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

गणतन्त्रको रक्षा र राजावादी आन्दोलनबारे रास्वपा मौन, प्रमुख सचेतक सवार गाडी राजावादीहरुबाट आगजनी



काठमाडौँ । गणतन्त्रको रक्षाको आन्दोलन र राजतन्त्रको पुनस्र्थापनाको आन्दोलनका बारेमा मौन बसेको राष्ट्रि स्वतन्त्र पार्टीका प्रमुख सचेतक सवार गाडीलाई राजावादीहरुले जलाइदिएका छन् । राजावादीहरूले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाइदिएका हुन् ।

आज संसद्को काम कारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरूले गाडी जलाइदिएको सचेतक परियारले जानकारी दिए । उनले भने, “भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसीआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएका छन् ।” उनीहरूले परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।

गणतन्त्रको रक्षा र राजावादीको आन्दोलन चर्किँदै जाँदा पनि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको छैन । रास्वपा सभापति रवि लामिछाने बेला अएपछि बोल्ने भनेपनि अहिले सम्म रास्वपाको साजनीतिक धारणा सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : ५५ बजे

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर