काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको उक्साहटमा गणतन्त्र विरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको छन् ।
शुक्रबार समाजवादी मोर्चाले गरेको जनप्रदर्शन पछि आयोजित सभामा उनले उनले समान्ती तत्वहरुको षड्यन्त्र पूरा गर्न नदिने बताए ।
चन्दले भने, ‘नेपाली जनताले सामन्तवादी प्रवृत्ति, अधिनायकवादी हर्कतलाई पराजित गरेका छन् । जसको स्वर्ग ढल्यो, ती तत्वले विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेको छ,’ उनले भने, ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन् । प्रतिगामीहरूले राजतन्त्र फर्काउने कुरा गरेका छन् । हामीलाई कुनै प्रभुको खाँचो छैन । हामीलाई सामन्तवादी हैकम चलाउनेहरूको खाँचो छैन ।’
उनले राजतन्त्र फर्काउन खोज्नेहरु पछाताउनुबाहेक केही प्राप्ति नहुने बताए ।
प्रतिक्रिया