काठमाडौं । राजवादीहरुले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेकाछन् ।
मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज राजावादीहरुको जुलुस प्रदर्शन गरेका हुन् । जुलुस वानेश्वर क्षेत्रतिर प्रवेश गर्न खोजेपछि प्रहरीसँग तीनकुनेमा झडप भएको छ । प्रदर्शनकारी प्रहरीको बार तोडेर अघि बढ्न खोजेपछि झडप भएको हो।
राजावादीहरुले चावहिल, सिनामंगल, कोटेश्वर क्षेत्रबाट जुलुस निकालेका छन् । प्रहरीले सो जुलुसलाई रिङरोडभित्र प्रवेश गर्नबाट रोक्ने रणनीति बनाएको छ ।
प्रतिक्रिया