काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले हटाएपछि त्यसविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।
सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा घिसिङको रिटमाथि सुनुवाइ हुने भएको हो।
घिसिङले आफूलाई बद्नियतपूर्ण रूपमा कैरकानुनी तवरले हटाएको दाबी गर्दै काम गर्न दिन अन्तरिम आदेश माग गरेका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हितेन्द्र देव शाक्यको रिट पनि बिहीबार नै सर्वोचमा रिट निवेदन दर्ता भएको थियो । शाक्यको निवेदन पनि मुसलमानकै इजलासमा परेको छ।
उनले सरकाले आफुलाई अन्यायपूर्वक अर्कै विभागमा सरुवा गरेको भन्दै २०७८ देखि अहिलेसम्मको तलबभत्ता समेत माग गरेका छन् ।
प्रतिक्रिया