१८ चैत्र २०८१, सोमबार | March 31, 2025

बुटवलमा महिला फुटबल प्रतियोगिता हुँदै



बुटवल । रुपन्देहीमा प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । चैत २३ गतेदेखी शुरु हुने प्रतियोगिताकोे तयारी अन्तिम चरणमा पुगेको आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिए ।

बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा सिद्धेश्वरी लालकुमारी माबि खेलमैदानमा हुने प्रतियोगिताको लागि दुई महिनादेखी मैदान मर्मत चलिरहेको उनले बताए ।

प्रतियोगितामा भाग लिने आठ टिमको टुगो लागेको उनले बताए । दर्शकलाई सहजताका लागि अस्थाई प्याराफिट निमार्ण गरिएको तथा टिकटको ब्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीहरु विभिन्न टिमबाट खेल्ने उनले बताए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले फुटबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको रुपन्देहीमा पछिल्लोसमय महिला फुटबलको आर्कषण रहेको बताए ।

कार्यक्रममा संयोजक बुद्धि बहादुर दर्जीले प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयासहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, विरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारतको टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उनले बताए । चैत २३ गतेदेखि ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ११ : ०९ बजे

नेताहरुद्वारा वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धान्जली अर्पण

काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण

राजेन्द्र लिङ्देनले भने – युवापुस्ताले गणतन्त्र उल्ट्याउँछ

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब

तीनकुने घटनामा संलग्न जो सुकै भएपनि कडा कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा

माकलबारीमा गाडिएको शव फेला, छ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा राप्रपा सांसदद्वारा अवरोध प्रयास

काठमाडौं । प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका