२९ मंसिर २०८२, सोमबार | December 16, 2025

आईपीएल : हैदराबादको ब्याटिङ नचल्दा लखनउको सानदार जित



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग एक विकेटले स्तब्ध भएको थियो ।

दोस्रो खेलमा हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि निकोलस पूरन र मिचेल र्माशले अर्धशतकीय पारी खेले ।

पूरनले २६ बलमा ६ छक्का र ६ चौकासहित ७५ तथा मार्शले ३१ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५२ रनको पारी खेलेका हुन् । जारी सिजनमा उनीहरूको यो लगातार दोस्रो अर्धशतक हो ।

यस्तै, अब्दुल समदले अविजित २२, कप्तान ऋषभ पन्तले १५ तथा डेविड मिलरले अविजित १३ रन जोडे । हैदराबादका लागि कप्तान प्याट कमिन्सले दुई तथा एडम जाम्पा र मोहम्मद शामीले एकरएक विकेट लिए ।

त्यसअघि राजीव गान्धी इन्टरनेसन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो ।

उसका लागि ट्रभिस हेडले २८ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए । यस्तै, अनिकेत वर्माले ३६, नितिशकुमार रेड्डीले ३२, हेनरिक क्लासेनले २६, कप्तान प्याट कमिन्सले १८ र हर्षल पटेलले अविजित १२ रन जोडे ।

लखनउका लागि शार्दुल ठाकुरले चार, आवेश खान, रवि विश्नोई, प्रिन्स यादव र दिग्वेश राठीले एकरएक विकेट लिए । जारी सिजनमा हैदराबादको यो पहिलो हार हो । उसले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ४५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको