१८ चैत्र २०८१, सोमबार | March 31, 2025

‘नेवाः समुदाय सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा’



काठमाडौँ । नेवाः समुदायले आफुहरु सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेको छ । सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी भएका गतिविधि स्वीकार्य नहुने नेवाः समुदायले उल्लेख गरेको छ ।

नेवाः समुदायका अगुवाहरूले आज एक विज्ञप्ति जारी गर्दै आफूहरू गणतन्त्रको पक्षमा रहेको बताएका छन् । पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई दमन गरेको उल्लेख गरेका छन् ।

“नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको यस विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिकरुपमा दमन गरेको सर्वविदितै छ”, काठमाडौँको नेवाः समुदायका अगुवाहरु मल्ल के सुन्दर, हितकर वीर सिंह कंसाकार र प्रा डा नरेशमान बज्राचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध नेवाः समुदाय लगायत सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित तथा महिला समुदायको सहभागितामा २०६२/६३ सालमा भएको दोस्रो जनआन्दोलनले नेपालमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको विज्ञप्तिमा उल्लेख छ । नेवाः समुदायका अगुवाहरूले जनतामा रहेको असन्तुष्टिमाथि खेलेर हालैका केही समयदेखि सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी प्रतिगामी शक्ति चलमलाउन थालेको पाइएकाले त्यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

त्यस्ता गतिविधि नियन्त्रण गर्न र सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समाज निर्माणको राष्ट्रिय सङ्कल्पलाई पूरा गरी नेवाः लगायत आमजनताका असन्तोषलाई इमान्दारीपूर्वक सम्बोधन गर्न सरकार तथा राजनीतिक दलहरूलाई नेवाः समुदायले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ९ : ४३ बजे

मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास स्वीकार्य हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाललाई

त्रिवि केन्द्रीय क्याम्पसमा कडा प्रतिस्पर्धाबीच नेवि संघका जोशी निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज सम्पन्न स्वतन्त्र

राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित

हिंसात्मक र आपराधिक गतिविधिका दोषीलाई कारबाही गर्न जसपा अध्यक्ष यादवको माग

भक्तपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेताहरुद्वारा वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धान्जली अर्पण

काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण