१८ चैत्र २०८१, सोमबार | March 31, 2025

बुटवल श्री अन्तरप्रदेश शारीरिक सुगठन प्रतियोगिता शनिबार हुने



बुटवल । बुटवलमा ११ औँ बुटवल श्री अन्तरप्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा यही चैत १६ गते ११ औं संस्करणको बुटवल श्री हुन लागेको हो ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । युवाहरूलाई लागूपदार्थको दुव्र्यसनबाट सचेत बनाउनुका साथै खेलतर्फ आकर्षित गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ ५ वटा वजन समूह रहनेछन् । ५५, ६०, ६५, ७० र ७० केजी भन्दा बढी तौल समूह गरी ५ वटा वजन समूहमा प्रतियोगिता हुने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार यसवर्ष पहिलोपटक महिलातर्फ खुल्ला फिजिक्स प्रतियोगिता पनि आयोजना गरीएको छ ।

नवीन औद्योगिक माविमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्र्फ प्रत्येक वजन समूहबाट प्रथम हुने खेलाडीले नगद १० हजारसहित मेडल प्राप्त गर्नेछन् भने ओभरअल प्रतियोगितामा सहभागि हुन पाउनेछन् । यस्तै उपविजेतालाई नगद ८ हजार र तृतीय हुने खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

यस्तै वजन समूहका विजेता खेलाडीहरुबिच हुने अन्तिम प्रतिस्पर्धामा विजेता हुने खेलाडीलाई नगद १ लाखसहित ट्रफी र बुटवल श्रीको उपाधिबाट सम्मानित गरिने छ भने उपविजेता ४ जनालाई नगद १० हजार र ट्रफीसहित सम्मान गर्ने संघका अध्यक्ष श्रेष्ठले बताए । यस्तैगरी प्रतियोगितामा महिलातर्फ विजेतालाई नगद २० हजार, ट्रफी र मेडल तथा उपविजेतालाई १० हजार र तृतीय हुने खेलाडीलाई ५ हजार नगदसहित मेडल प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशबाट १५० भन्दा बढी खेलाडीले सहभागिता जनाउने शारीरिक सुगठन तथा फिटनेस संघ रुपन्देहीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेलाडीलाई दर्ता शुल्क १ हजार तोकिएको छ भने १ हजार बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरीएको छ ।

यस्तै प्रतियोगिताको प्रमुख निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायक विजयलाल कायस्थ रहेका छन् भने निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायकहरु केशवबशादुर शाक्य, बुद्धीजंग कार्की तथा राष्ट्रिय निर्णायकहरु शिवध्वज राई, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, सुरज श्रेष्ठ, हेमन्त शाक्य र सन्तोष शाक्य रहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ८ : ५५ बजे

मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास स्वीकार्य हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाललाई

त्रिवि केन्द्रीय क्याम्पसमा कडा प्रतिस्पर्धाबीच नेवि संघका जोशी निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज सम्पन्न स्वतन्त्र

राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित

हिंसात्मक र आपराधिक गतिविधिका दोषीलाई कारबाही गर्न जसपा अध्यक्ष यादवको माग

भक्तपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेताहरुद्वारा वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धान्जली अर्पण

काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण