१७ चैत्र २०८१, आइतबार | March 31, 2025

नेपाल-बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड



झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् ।

काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै रु एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् ।

काँकडभिट्टाबाट रु २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ९ : ४३ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन