बुटवल । जारी २३ औं संस्करणको तिलोत्तमा गोल्डकपमा आज अन्तिम सेमिफाइनल खेल हुँदै छ । बुटवल-११ स्थित एन्फाटेक्निकल सेन्टरमा आज दिउँसो ३ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड क्बले प्रतिस्पर्धा गर्न छन् ।
आजको विजेता समुहले उपाधिका लागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले बुधबार भएको पहिलो सेमिफाइनलमा संकटा एफसीलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । उसले संकटा एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजना र बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र दोस्रो टोलीले ६ लाख ६६ हजार ६ सय, ६६ रुपैंयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया