बुटवल । सडक दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको निधन भएको छ। आज अपरान्ह बुटवलमा भएको सडक दुर्घटनामा परेर वडा सदस्य पाठकको मृत्यु भएको हो ।
तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० राजमार्ग चौराहमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार आज दिउँसो ३ः३० बजे आफैंले चलाएको लु ३६प ८४४८ नम्बरको मोटरसाईकलमा बुटवल तर्फ जांदै गरेका पाठकले बा ०१-०३१ च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा उनी दुर्घटनामा परेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए। ईभी कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।
प्रतिक्रिया