काठमाडौँ । चैत्र १५ गतेका लागि बिरोध प्रदर्शनको तयारीमा जुटेको समाजवादी मोर्चा नेपालको बैठक आज अपराह्न बोलाइएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले सूचनामार्फत जनाएको छ ।
सरकारबाट भइरहेका एकपछि अर्को गलत क्रियाकलाप र राजावादीहरूको आन्दोलनविरुद्ध मोर्चाले प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।। समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् ।
चै्रत्र १५ गते नै राजावादीहरुले पनि प्रदर्शन गर्ने घोष्णा गरेका छन् । मोर्चाले भृकुटीमण्डपमा सभा गर्ने भएको छ भने राजावादीहरूले तीनकुनेमा प्रदर्शन र सभा गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया