काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा स्वीकृतिका लागि रहेको भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नियमित विधेयक ल्याउने सहमति भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी थिए ।
संसद अधिवेशन नचलेको बेला सरकारले ल्याएका अध्यादेश गत पुस २९ र माघ २ गते राष्ट्रपतिले जारी गरेका थिए । ती मध्ये अध्यादेशमध्ये पाँचवटा संसदबाट पारित भै प्रतिस्थापन विधेयक समेत आइसकेका छन् भने भूमि अध्यादेश होल्ड भएको थियो ।
जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने निर्णय गरेपछि सरकार अप्ठेरोमा परेको थियो । राष्ट्रियसभामा जसपा नेपाल निर्णायक मतमा रहेको छ ।
प्रतिक्रिया