१४ चैत्र २०८१, बिहिबार | March 27, 2025

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात



झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए ।

चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रु छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा रु पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : १४ बजे

सुनको मूल्य एकैदिन बढयो १३ सय रूपैयाँ

काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले

मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरु सवारी साधन सहित पक्राउ

नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानबाट मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरुलाई

सङ्घीय संसद्को दुवै सदनका बैठक आज पनि

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान

प्रधानमन्त्रीले दिए प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ

नेपाल-बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई