१५ चैत्र २०८१, शुक्रबार | March 28, 2025

तीन महिनापछि भोजपुरमा उडान सुरु



भोजपुर । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।
गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ ।
विसं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए ।
निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : १३ बजे

कोटेश्वरको भाटभटेनीमा लुटपाट, जडिबुटी कम्पनीको कार्यालयमा आगजनी

काठमाडौं । पूर्वराजाको समर्थनमा उत्रिएका राजावादीहरुको प्रदर्शन अराजक र हिंसात्मक

चैत्र १८ गते प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । कुलमान घिसिङको बर्खास्ती प्रकरणमा संसदमा आफुले जवाफ नदिने

तीनकुने-कोटेश्वर क्षेत्रमा कर्फ्यु

काठमाडौं । दुर्गाप्रसाईंको नेतृत्वमा राजावादीहरुको समुहले आगजनी, तोडफोड र अराजकता

तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा भएको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा

वंश शासन ल्याउने चेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्नेछ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको शासन